धनगढी-कैलाली प्रहरीले सादा पोसाकमा खटाइएका प्रहरीहरु लाई जिम्मेवारीबाट हटाएको छ। पछिल्लो समय सादा पोसाकमा खटिने घुमुवा टोली विभिन्न विवादमा मुछिन थालेपछि हटाइएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार सई गजेन्द्र चन्द नेतृत्वमा रहेको सादा पोसाकको घुमुवा टोलीलाई हटाइएको हो।
यस अगाडिका एसपी बाल नरसिंह राणाको कार्यकालमा सो घुमुवा टोली निकै विवादित बनेकोमा अहिले आएका नयाँ एसपी नरेन्द्र बहादुर चन्दले टोली नै हटाएका हुन्।
घुमुवाका नाममा टोलीले असुली र बार्गेनिङ र संस्थागत तस्करी गर्ने गरेको आरोप लाग्दै आएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीले आन्तरिक समीक्षा र शुद्धीकरण अभियान अन्तर्गत घुमुवाहरुलाई हटाइएको जनाएको छ।