शैलेश्वरी मा बि को अभिभावक भेटघाट सम्पन्न

पदम जोरा, जोगबुडा

डडेल्धुराका धेरै जसाे सामुदायिक बिद्यालयले शैक्षिक सत्र २०८२ काे बार्षिक याेजना अन्तरगत त्रैमासिक परीक्षा सक्काइ नतिजा प्रकाशन गरि दसै,तिहार बिदाकाे तयारीमा जुटेका बेला जिल्लाकाे परशुराम १२ स्थित शैलेश्वरी माध्यमिक बिद्यालय तुलाभााडिले भने अभिवाबक घर दैलो भेटघाट गरेकाे छ ।
शिक्षा शाखा परशुरामकाे बार्षिक क्यालेन्डरमा दशै,तिहार र छठ पर्बकाे करिब ४५ दिन बिदा रहेकाे छ ।
तर, नगरपालिकाले यहि असाेज २ गते सुचना जारी गरि शिक्षक महासंघको काठमाडौं केन्द्रीत आन्दोलन र यहि भाद्र २३ र २४ गते जेन्जी पुस्ताकाे आन्दोलन पश्चात् निशेधज्ञा र कर्फ्युका कारण भएको शैक्षिक क्षती न्युनिकरण गर्न दशै र तिहारकाे बिचमा बिद्यालय सञ्चालन गर्न निर्देशन गरेकाे छ ।
तर यहाँका धेरै सामुदायिक बिद्यालयहरुले भने, असाेज ६ गते देखि कार्तिक ११ गते सम्म दशै, तिहार र छठ पर्बकाे बिदा हुने भनी सुचना जारी गरि सकेकाे छ । शैलेश्वरी माबिले भने अभिवाबक र बिद्यार्थी भेटघाटलाई तिब्रता दिएकाे बिद्यालयका प्रधानाध्यापक तेज बहादुर बिष्टले वताए ।
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष हरिना देबी कामीको संयोजकत्वमा ,शिक्षक अभिवाबक संघका संयाेजक ,पदाधिकारी, शिक्षक कर्मचारीहरु सबै असाेज २ गते देखि अभिवबक र बिद्यार्थी भेट्न, टाेल टाेलमा जाउ अभिभावक लाई भेटाै !!
टाेलमा जाउ बिद्यार्थीहरुलाइ भेटाै !! भन्ने नाराका साथ बिद्यालयकाे टाेली टाेल-टाेलमा पुगेकाे हाे ।
“बिद्यार्थी नानीबाबुहरुले घरमा गृहकार्य गर्छन कि गर्दैनन् कति समय पढ्छन, अभिवाबककाे प्रतिकृया बुझि सबै पक्षकाे अध्ययन गर्न लागेका छौँ ” बिब्यस अध्यक्ष हरिना कामीले बताउनु भयाे ।
अभिवाबक भेटघाटमा प्रथम त्रैमासिक परिक्षाको नतिजा विश्लेषण तथा अन्तरक्रिया समेत गरिएको छ ।
बिद्यालय सेवाक्षेत्र मालझुल, कैनपानि बजार तुलाभाडी  र खजुरानि पानिखाेलाका अभिवाबकलाइ भेटी अभियान सम्पन्न गरिएको अध्यक्ष हरिना कामीको भनाइ छ ।
गरिविकाे रेखामुनि समाज छ, माेवाइल फाेन अर्थात बढ्दाे प्रबिधिकाे दुरुपयोगले नानी ,बाबुहरु पढाइमा ध्यान कम दिने गरेकाे पाइयाे ।
पुरुष भन्दा महिला अभिवाबककाे निगरानीमा वालबालिका छन, र ती वालवालीकामा अटेरी पना बिकसित छ ।
कसरी हुन्छ हामी गुरणस्तर सुधारका लागि प्रयास गर्ने उनले वताइन ।
म समाजसेवा र राजनीतिमा सकृय महिला हु, मेराे क्षमता बुद्दि बिबेकले भ्याए सम्म, म अध्यक्ष रहेकाे बिद्यालयकाे मात्रै हाेइन समग्र परशुरामकाे शैक्षिक गुणस्तर सुधार गर्नमा प्रतिबद्ध रहने उनले उदघाेष गर्नुभयो ।
यहि बर्ष मात्रै लामाे समय देखि बिद्यालय प्राङ्गणमामा खेल मैदान समस्या र बिधुतपाेल हटाउने समस्या टरेकाे छ , पेण्डिङमा रहेकाे शिक्षक दरवन्दी ल्याउन सफल भएको बिधालय ले बताएको छ ।
नजिकै बाट बग्ने रङ्गुन खाेलाले स्कुल छेउबाट वगाउने समस्या तटबन्धले तत्कालका लागि टरेकाे छ , अझै ब्यवस्थापकिय पक्षमा कुनै कसर बाकि राखिन्न , तर शिक्षक, बिद्यार्थी र अभिवाबक सकृय भएर गुणस्तर सुधारमा लाग्नु पर्ने धारणा अध्यक्ष कामिले राख्नु भयो ।

You might also like