बैतडीको सुर्नयमा किशोरी मृत फेला

बैतडीमा एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको सुर्नया गाउँपालिका –५ नौघरकी १७ बर्षीया अप्सरा चन्द मृत फेला परेकी हुन् ।

रौलेश्वर मावि रामकी बरायलमा कक्षा १२ मा अध्ययनरत चन्द सुर्नया नदी किनारमा मृत फेला परेकी सुर्नया गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष केशव बहादुर बिष्टले बताए ।

आज बिहान नदी किनारमा चन्दको शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको टोलीले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ । शव फेला परेको स्थानभन्दा माथि नदी किनारमा मृतकको मोबाइल र चप्पल फेला परेकाले उनले नदीमा हाम फालेको हुन सक्ने आशंका गरिएको छ ।

 

You might also like