प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तिन जना मन्त्रि लाई पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको हो ।
प्रधानमन्त्री कार्कीले आइतबार कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, ओम प्रकाश अर्याललाई गृह र कानून तथा संघिय मामिला रामेश्वर खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेका थिए ।
ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक थिए । यस्तै, गृहमन्त्री अर्याल काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका कानूनी सल्लाहकार थिए । अर्थमन्त्रीमा नियुक्त खनाल पूर्व अर्थसचिव हुन् ।
गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त कार्कीले आइतबार बिहान सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएको थियो भने साँझ तीनजना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो ।
सपतग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्रि सुशिला कार्कि, प्रधानन्यायाधीश प्रकाशमान सिँह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायाण प्रसाद दाहाल, पूर्व प्रधानमन्त्रि डा. बाबुराम भटट्राई लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो