पुनर्निर्माणकाका लागी एक महिनाको तलव दिने घोषणा

डडेल्धरा-जेन जी आन्दोलनको क्रममा ध्वस्त भएका सरकारी भौतिक संरचनाहरुको पुनर्निमाणकालागी डडेल्धुराका एक विद्यालयका प्रधानाध्याकले आफ्नो एक महिनाको तलव दिने घोषणा गरेका छन् ।


डडेल्धुराको परशुराम नगरपालिका वडा नं.–३ सिमल्टास्थित श्री जनज्योति प्राथमिक विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर धामीले जेन जी आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि आफ्नो एक महिनाको तलब नलिने घोषणा गरेका हुन्।

साजिक क्षेत्रमा निकै चासो राख्ने प्रधानाध्यापक धामीले सामाजिक सञ्जालमार्फत एक महिनाको तलव नलिने घोषणा गरेका हुन् । नागरिकको कर्तव्य बोध गर्दै देश सबैको हो सबैले आ आफ्नो क्षेत्र बाट सक्दो सहयोग गर्न सके देश चाडै पुनर्निमाण हुने विश्वासले एक महिनाको तलव सरकार लाई दिन लागेको प्रधानाध्यापक धामीले बताए । यो कदम लाई शैक्षकस्तरबाट आएको सन्देशमूलक पहलका रूपमा लिन सकिन्छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको निर्णयको प्रशंसा गर्दै यसले अन्य शिक्षक र राष्ट्रसेवकलाई पनि सहयोगका लागि प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रधानाध्यापक धामी लाई परशुराम क्षेत्रमा विद्यालयमा प्रधानाध्यापको रुपमा मात्र होइन बेलाबेलामा विभिन्न सामाजिक कार्यको नेतृत्व गरिरहको युवाको रुपमा चिनिने गर्दछन् ।

You might also like