१९ जनाको निर्मम हत्या अनि सँयौको सख्ँयामा अस्पतालको बेड पनि नपाएर भुईमा छटपटाईरहेका स्वतन्त्र जेन्जी सेनानीहरुमा सर्मपित यो आलेख लेख्दै गर्दा जेन्जी पुस्ता भर्खरै पार गरेको यो ३० वर्षे युवाका हात कापिरहेका छन । तर पनि नेप्थयको चर्चित गीत गाँउगाँउबाट उठ, बस्ती बस्तीबाट उठ…. हातमा कलम हुनेहरु कलम लिएर उठ….भन्ने गीत पृष्ठभुमिमा बजाउदै पत्तिंmकार भरपुर्ण सर्मथनका साथ आन्दोलनको आत्मविश्वास बढाउन अनि राज्यलाई झकझकाउन मध्यरातमा उद्देलितभएको छ ।
विश्वमा गत डेढ दशकमा केही देशहरूमा सामाजिक सञ्जालहरू मार्फत खासगरी फेसबुक, टिकटक, ट्वीटर (एक्स), भाइबर, मेसेन्जर, इन्स्टाग्रामका साथै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबाट सरकार या राज्य व्यवस्थाका विरुद्ध नेतृत्व विहीन आन्दोलनहरू सफल हुदै गईरहेका छन । बंगलादेश पछिको ईन्डोनेसिया हालैको एउटा ज्यवलन्त उदाहरण हो । तर यीनै सामाजिक सञ्जाल पनि बन्द गर्ने सरकारको उल्टो अधोगतिका बाबजुत जेन्जी आन्दोलन अर्को विश्व व्यापी न्युजकभर बनेको छ ।
विधमान बेथिति, भष्टाचार, अन्याय, कुरुती, नातावाद, कृपावाद, आफनो मान्छे, भनसुन, चाकडीका विरुद्ध जेन्जी पुस्ताको स्वतस्फुर्त आन्दोलनको परिणाम निकै भयानक अनि गम्भीर हुने सँकेत देखिईसकेको छ । जेन्जी पुस्ता, जो आजको देशका पिलर हुन तीनै पिलरलाई बलियो बनाउनुको ठीक विपरित ढाल्ने पवृति अन्यन्त खेदजनक भत्र्सनायोग्य छ । सत्ताको कुर्सीमा लिसो टासिएझै टासिने अनि शक्तिको चरम दुरुपयोग गर्नेहरुको यस आततायी घटनाका मुख्य अभियुक्तहरु नै हुन तीनलाई कानुनीराजको कठघरामा ल्याएर हदै सम्मको कारबाही हुनुपर्छ अन्यथा यस अपराधको क्षम्यता कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन ।
नेपालको वर्तमान सन्दर्भमा नेतृत्व विहीन या कसको र कस्तो नेतृत्व या नायकत्वमा जनविद्रोह हाँक्ने भन्ने आमचासोको विषयथियो । आज यही विषय जेन्जी पुस्ताका जनताले अन्याय, अत्याचार, अमानवीय राज्य व्यवस्था प्रति नै विद्रोही अवस्थामा पुगेको परिस्थतीमा प्रमाणित गरिदिएका छन । बर्बरतापुर्ण दमनको विरुद्ध बुलन्दीको बिद्रोह बिस्फोटको चरणमा पुग्ने निश्चित छ । भविष्यका कर्णधार स्कुले बालबालिका देखि देशका आधार युवा पुस्ता जेन्जीको नामले भष्टाचारको जन्जीर तोड्न आफनो ज्यानको प्रवाह नगरी अग्रपक्तिमा आएका छन यसले युवा माझ देखिएको चरम निराशा फेरि एकपटक सडक संघर्षमा देखाएको छ।
सुशासनको सिंहदरबार गाउँगाउँमा भन्दा पनि सिंहदरबारको भ्रष्टाचार र नेत्तृत्वको राजकीय जीवनशैली प्रतिको विृतष्णाको बाढी बनेर बगेको छ । यस बाढीको भेलमा वेवारिसे, लापत्ता, बेपत्ता भएर को को बग्ने हुन, थाहा छैन । गरिब, निमुखा, बेरोजगार र सर्वहारावर्गको जीवनस्तरमा केही देखिने सुधार होला भन्ने अपेक्षा माथिको वर्षौको वज्रपात अब अतिनै भयो भन्दै केही अगाडि ईनफ ईज ईनफ भनेका युवाको पुनरावृति देखिएको छ । समाजवाद उन्मुख होइन, समाजवाद माथि ठूलो व्यंग्य गर्दै विलासिता तर्फ रमाउने, पजेरोका तमासी सवारहरू साधारण जनता माथि धुलो उडाउनेका विरुद्धको यो आवेगले आन्दोलनको अग्निमा होमिन बाध्य बनाउने निश्चित छ ।
आम जनता र जेन्जी युवापुस्ताले विकास तिरको पथमा देश लम्कीएको, प्रत्यक्ष रूपमा आफ्नो सीप क्षमता, ज्ञानले रोजगारीमा या आय स्रोतमा या जीवनस्तर सुधारमा कुनै सकारात्मक परिवर्तन देखेको छैन । त्यसको विपरित नेताहरूको विलासिता जीवनशैली, पारिवारिक लिप्तता, नातावाद, कृपावाद, राजनीतिक अदूरदर्शिता र भ्रष्टाचारबाट ठडिएका बडेमान महल, देशविदेशमा सयर अनि त्यही चिल्ला फ्रोसा बनावटी आदर्श फुक्ने नक्कली राजनीतिले जनता माथिको भम्र अब तोडिदैछ ।
एउटा आम मान्छेको अनुभुति सामान्य दुई छाक जोड्न नसक्ने जीवनशैली तर साधारण झोले कार्यकता देखि शीर्षस्थ नेता सम्म भ्रष्टाचारमा चुर्लम्म डुबेर सात पुस्ता पुग्ने सम्पति के तीनै आम नागरिकको रगत र पसिनाको दोहन होईन ?
राज्यको राजनीतिक, आर्थिक, सामाजिक र प्राविधिक संयन्त्र नै पूरै कब्जामा लिएर भ्रष्टाचारमा लिप्त रहने धमिराहरुले के अधिनायकवादी शैलीमा स्रोत साधनको दुरुपयोग गरेका छैनन?
लोकलाजको कुनै ख्यालै नगरी आफ्ना आसेपासे, साला साली, श्रीमती, भाइ, छोरी–बुहारी या बफादारहरू लाई मन्त्री, अन्य उच्चमा पटक पटक नियुक्ति दिन के कस्तो राजनैतिक नैतिकताले दिन्छ?
जेनजीको पुस्ता मार्फत माथिका अनुत्तरित प्रश्न हरेक जनताले नेता भनाउदा हरुलाई सोध्ने बेलाआएको छ । निर्लज्ज राजनितीमा एकाधिकारवादी प्रवृत्तिमा सीमित स्वार्थ समुह दुईचार दिन रमाउलान, तीनका झोले कार्यकर्ताले बोल्न नसकलान तर पनि वर्तमान परिपेक्ष्यमा यस्ता कुपात्र वा पद्धतिका विरुद्धमा हुने जनविद्रोहमा तीनै दलका कार्यकर्ताहरूको पनि अप्रत्यक्ष समर्थनको सम्भावना थप बढेर गएको छ ।
विद्रोही सचेत जनता खासमा जो शिक्षित, जागरुक, श्रमिक, चेतनशील, सर्घषशील मध्यम वर्ग छ जो आफ्नो अनि देशको वर्तमान अवस्था प्रति चिन्तित भएर सरकार या दलहरूका नेता या पद्धतिको विरुद्ध सोचेरै बुझेरै विद्रोही कित्तामा पर्खाल झै उभिएको छ । जेन्जी पुस्ता लगायत ती आम युवा जसले देशमै आफनो भविष्य पहिल्याउन लागिपरेका छन । देशमै अध्ययन, अनुसन्धान गरेर भविष्य कोर्न सकिन्छ भन्ने विश्वास टुटेको छ । सर्टिफिकेट सँकलनमात्रै गर्ने कि पासपोर्ट बनाउने भन्ने दैनिकी दिविधामा जो दिनरात प्रताडित बनेका छन ।
संवैधानिक अनि निरंकुश राजतन्त्रको शासनको पनि केही अनुभव गरेका तर २०६२/६३ को जन आन्दोलनमा सहभागी हुँदै गणतन्त्रात्मक शासन व्यवस्था भोग्दै आएका १६ देखि ४५ वर्ष उमेरका पुस्ताको करिब एक करोड पैंतालीस लाख अनि रोजगारी र अध्ययनका लागि देश बाहिर पुग्ने वर्ग दिन प्रतिदिन बढदो छ । अध्ययन वा स्वरोजगारीमा भए पनि ६० लाख युवाहरू जो देशमै छन् जसले देशका लागि कुनै न कुनै रूपमा योगदान दिईरहेका छन ती नै युवाहरु विद्रोहको बुलन्द आवाज बोकिरहेका छन ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले करिब ९० लाख जनशक्तिले आफ्नो सीप, क्षमता, पढाइअनुसार रोजगारी पाएका छैनन । ६० लाख देशमा बसेका युवाहरू मध्ये २५ लाख राजनीतिक दलहरूका सदस्य होलान । असल राजनितिक विचारधारा आस्था बोक्ने युवा जो देश प्रति चिन्तीत छन तिनको दल प्रतिको आड भरोसा टुट्दो क्रममा छ । युवा विद्रोहको बिगुल कहिले बालेन, गोपी, हर्क जस्तै कैयो स्वतन्त्रका नाममा फुकिरहेका छन तर राज्यले यसलाई दिन प्रति दिन नजर अन्दाज गर्दे गईरहेको छ ।
नेताहरुले बेला बेलामा हुकाँरपुर्ण अभिव्यक्ति दिईरहन्छन देशमा विकास भईरहेको छ । प्रतिवेदनका पानाहरुमा तथ्य तथ्याँकले प्रमाणित गर्न खोजिरहन्छन तर आउने पुस्तालाई कुल ग्राहस्थ उत्पादनको करिब ४५ प्रतिशत ऋणको ठूलो भारी थेग्नै नसक्ने गरी बोकाएर । लाखौ युवालाई खाडीको तातो घाममा पोलिन बाध्य पारेर, विकसित देशमा आफनो श्रम, श्रमता, सीप भन्दा अपहेलित अनि अन्यायपुर्ण जीन्दगी बाचेर कुल जीडीपीको २४ प्रतिशत रेमिटयान्स पठाउन लगाएर ।
वर्तमान परिपेक्ष्यमा राजनीतिक, सामाजिक, आर्थिक अवस्था, सरकार र परम्परावादी दलहरू विरुद्ध स्वतस्फुर्त रुपमा सडकहरूमा देखिने जुलुस, धर्ना र आन्दोलनका बिद्रोही बिगुलहरु नाराहरू, वर्तमान राज्यव्यवस्था विरुद्ध गरेका आक्रामक विरोधहरू जेन्जी पुस्ताको विद्रोही मनोविज्ञानको प्रतिबिम्बित प्रस्फुटन हो ।
सार्वजनिक समारोहमा नेत्तृत्व बिरुद्धको नाराबाजी, सत्ताधारी नेताहरूको विरुद्ध विरोध या विद्रोहको तहके कति कहाँसम्म पुग्यो भन्ने कुरा न त नेत्तृत्वले नै बुझन सकेको छ न त तीनका हनुमान, झोले अनि भरौटेहरुले बुझन सकेका छन । सामाजिक सञ्जालमा नेताहरू विरुद्ध पोखिएका गाली बेइज्जतका विषबमनलाई आफै नीलकण्ठ त्रिनेत्रधारी महादेव सम्झेर हलाहल पिईरहेका छन अनि तिनका स्वार्थ समुह रुपी कार्यकताहरुले स्तुती गान गाएर रमाईरहेका छन ।
हो, अब विद्रोही चेतनाका जेनजी पुस्ता आन्दोलनका लागि पुर्ण रुपमा सबल सक्षम अनि तम्तयार छ । हिजोका दिन सम्म हेर्दा केवल सामाजिक सञ्जालमा भावनात्मकरूपमा विद्रोही देखिएको पुस्ता अव राजनीतिक, वैचारिक, संगठनात्मक रूपमा जेनजीका रुपमा एकत्रित हुन खोजिरहेको छ । युगले मागेको नेताका रुपमा चित्रित जँगबहादुर प्रवृतिको एउटा त्यस्तो निडर, निर्भिक, साहसी, बहादुर अनि दुरदर्शी नेत्तृत्वले वर्तमान पुस्ताले बालेन, हर्क, गोपीका रुपमा आह्वान गरिरहेको छ ।
विद्रोही वातावरण निर्माण हुँदै गएको यस्तै अवस्थाले बृहत् आन्दोलनको वातावरण तयार गर्न सक्छ भन्ने कुरा बंगलादेश पश्चात ईन्डोनेसियाबाट प्रष्टै रुपमादेखिन्छ । बेरोजगारीको भुमरीमा परेर विदेशिएका लाखौं विद्रोही चेतका आमनेपालीहरू स्वदेश फर्कि सडकमा उत्रिए या आफना सन्तानलाई शुक्रराज शास्त्रीका बुवा माधवराज जोशीले भनेझै स्यावास बाबु त धन्य छस तैलै बाआमाको मात्र होईन देशकै गौरब बढाएको छस , बाबु हुनु त तँ जस्तो भनेर सन्तानको लास माथि नेपाली झण्डा एक एक गरी फर्फराएभने न त यी केही राजनितिक पिपासु पात्रहरू मात्रै होइन, पद्धति नै नरहने अवस्था आउन सक्छ न त सरकारले थाम्न नै सक्छ ।
सामाजिक सञ्जाल बन्द भएपछि एउटा टिकटक मार्फत जोडिएको जेन्जीको आवेग अहिले विश्व समुदायमा चर्चित भईरहेको छ । जेन्जी पुस्ताले हरेक खालका टेन्ड्रद्धारा सँसारको ध्यान आकर्षित गरिहेको छ । आवेग र आन्दोलनले बृहत् रूप लियो भने सत्ता जेनतेन सम्हालिरहेको सरकारलाई हम्मे हम्मे पर्नेनिश्चित छ। शक्तिशाली प्रतिपक्ष बिनाको गठबन्धन सरकार या यसको नेतृत्व गरेका दलहरूले आन्दोलन या विद्रोहलाई नजर अन्दाज गर्नु भँयकर ठुलो राजनीतिक गल्ती अनि पाशविक दमन अक्षम्य अपराध हुनेछ । सबैलाई चेतना भया ।
(लेखक मलाशी वन, वातावरण, विपद र विकास सँगै समसामयिक सामाजिक क्षेत्रमा समर्पित रही कलम चलाउँ छन।)