लम्कीचुहाको जुत्ता गोदाममा आगलागी

डडेल्धुरा -कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.१ स्थित टिकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्शको जुत्ता चप्पल गोदाममा शुक्रवार राति भिषण आगलागी भएको छ ।
राति करिव २ बजेर ४५ मिनेट तिर सुरु भएको आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।
कल्पना जैशीद्धारा सञ्चालित गोदाममा रहेको सम्पूर्ण सामाग्री जलेर नष्ट हुदा ७० लाख रुपैया भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षती भेन हुन पाएको छैन ।
घटना बारे अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

You might also like