नेपाल आयल निगमले आज देखी लागु हुने गरी डिजेलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ ।
निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले डिजेल तथा मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।भारतबाट मूल्यसूची घटेर आएकाले सोही अनुसार आन्तरिक बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ ।हाललाई पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।
डिजेलको मूल्य १४५ रुपैयाँ कायम हुने भएको छ ।