पदम जोरा,डडेल्धुरा
डडेल्धुरा-जिल्लाको परशुराम नगरपालिकाले नागरिकको सहजताका लागि वडा कार्यालय बाटै राष्ट्रिय परिचयपत्र बितरण सुरु गर्ने भएको छ ।
नगरपालिकाले भाद्र १२ गते सुचना जारी गरि वडा नं. १ देखि ११ न वडामा घुम्ती टोली मार्फत राष्ट्रिय परिचयपत्र बितरण गर्न लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत तेज बहादुर सिहले जानकारी दिनु भयो ।
यस पुर्व नगरपालिकाको कार्यालय सदरमुकाम जोगबुडाबाट राष्ट्रिय परिचय(पत्र बितरण हुदै आएको थियो । सिविर मार्फत २०७७ सालमा विबरण संकलन गरेका नागरिकको राष्ट्रिय परिचयपत्र सम्वधित वडा कार्यालयमा सम्पर्क गरि परिचयपत्र बुझि लैजान समेत सुचनामा भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र इलाका प्रशासन कार्यालय मार्फत बिवरण संकलन गरेका नागरिकले जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट बुझ्न सकिने सुचनामा उल्लेख छ ।