डडेल्धुरामा जिप दुुर्घटना अपडेट,४ को मृत्यू ६ जना घाईते

डडेल्धुरा- डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौड क्षेत्रमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । बिहीबार बिहान करिब ८ बजेको समयमा से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको तथा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

मृत्यू हुनेमा नवदुर्गा ५ का १८ वर्षिय सुरेश साउद, २३ वर्षिय सुरेश पार्कि ४० वर्षिया तारा अवस्थि र ७२ वर्षिया कलावती साउद रहेका छन् । घाइते हुनुहरुमा सोही वडाका १८ वर्षिया सुशिला वि.क., ४ वर्षिया प्रतिका पार्कि, ४८ वर्षिया चन्द्र बहादुर साँउद, ३५ वािषर््य चालक राम बहादुर साँउद, ४२ वर्षिया गणेश बहादुर साँउद र ४४ वर्षिया प्रकाश बि.क. रहेका छन् । घाइतेहरु लाई थप उपचारका लागी डडेल्धुरा अस्पताल पठाईएको जिप्रका डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी डम्बर विष्टले पुष्टि गरे। जिप ठाँटा बजारबाट जिल्ला सदरमुकाम आउँदै गर्दा सडकभन्दा अन्दाजी २ सय पचास मिटर तल खसेको प्रहरीले जनाएको छ।

You might also like