डडेल्धुरा-बैतडीको सदरमुकाम नजिक यात्रुवाहक जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्लाकोे दशरथचन्द नगरपालिका–४ शाहीलेक नजिक जीप दुर्घटना भएको हो।
गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जीप बुधबार दिउसो २ बजे शाहीलेक नपुग्दै इश्वरीगंगा जाने बाटोनिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरिक्षक बल्देब बडूले बताए।
जीपमा चालक सहित जम्मा १३ जना सवार थिए। घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भिर भएपनि अरुको अवस्था भने सामान्य रहेको बडूले बताए।
चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाको कारण बुझिरहेको प्रहरी निरीक्षक बडुले बताए। दुर्घटनाको कारण भने खुलेको छैन्।