क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने डडेल्धुराका नाथ पक्राउ

डडेल्धुरा-वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिने भन्दै रकम ठगी गर्ने डडेल्धुराका एक जना पक्राउ परेका छन् ।
ठगीको आरोपमा काठमाडौं महानगरपालिका १० नयाँ बानेश्वर बस्ने डडेल्धुरा भागेश्वर गाउँपालिका ५ घर भएका २४ वर्षीय सुरेश नाथ पक्राउ परेका हुन ।
पक्राउ मध्ये सुरेशले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १७ लाख १ हजार रूपैयाँ रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

You might also like