डडेल्धुरा-२०७९ सालको सु प प्रदेशसभा निर्वाचनमा डडेलधुरा जिल्लाको निर्वाचन क्षेत्र ख बाट धारा चुनाब चिन्ह लिई प्रदेशसभा सदश्य पदको निर्वाचन लडेका ईन्जिनियर महेश सिङ् धामी आफुले निर्वाचन लडेको क्षेत्रमा बृक्षारोपण गरिरहेका छन् ।
निर्वाचनको समयमा विजेता बने पनी नवने पनी आफ्नो निर्वाचन क्षेत्रमा नियमित रुपमा काम गर्ने प्रतिवद्धता जनाएका धामीले निर्वाचनमा आफुले प्राप्त गरेको मत बरावर विरुवा रोप्ने योजना अनुरुप जिल्लाको परशुराम र आलिताल गाँउपालिकामा किसानहरु लाई विभिन्न प्रजातीका फलफुलका बिरुवाहरु वितरण गरेका छन् ।
धामिले प्रदेशसभा निर्वाचनमा यस क्षेत्र बाट जम्मा १७ सय ५३ मत प्राप्त गरेकोमा जम्मा २ हजार विरुवा खरिद गरि वितरण गरेको परशुराम न पा १२ स्थित श्रि सिद्द्काली बन तथा फलफुल नर्सरी का सञ्चालकले बताउनु भयो ।
उनको यो अभियानमा २०७९ को निर्वाचनमा डडेल्धुरा बाट प्रतिनिधिसभा सदश्यमा सुई निर्वाचन चिन्ह लिएर लडेका ईन्जिनियर सागर ढकाल पनि संलग्न रहेका छन् ।