डडेल्धुराको परशुराममा नेपाल महिला संघको तिज विशेष कार्यक्रम

डडेल्धुरा-जिल्लाको परशुराममा नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल महिला संघले हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान तथा तीज विशेष कार्यक्रम मनाएको छ ।

नेपाल महिला संघ परशुराम १२ का सभापति सुमन भट्टको अध्यक्षता तथा नेपाली काङ्ग्रेस महासमिति सदस्य एबम् संविधानसभा सदस्य नरभान कामीको प्रमुख आतिथ्यतामा तिज विशेष सुभकामना आदनप्रदान तथा तिज विशेष कार्यक्रम गरिएको हो ।

परशुराम १२ स्थित डङ्सेरा सामुदायिक भवनको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा नेपाल महिला संघ परशुराम नगर सभापति मञ्जु धामीले जानकारी दिनु भयो ।

कार्यक्रममा १२ वटै वडा मध्ये अधिकान्स वडाका सभापति र वडाका महिलाहरुको सहभागीता रहेको थियो । दिउसो २ वजे बाट सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समितिका पूर्व उपप्रमुख रत्ना कामी, नेपाली काङ्ग्रेस डडेल्धुराका प्रबक्ता अर्जुन सिह साउद, नेपाली कांग्रेस नगर उपसभापति तथा वडा नं.१२ का निर्वाचित वडा सदस्य जयबहादुर साउद, काङ्ग्रेस डडेल्धुरा सदस्य बसन्ती पाण्डेय, नेपाल दलित संघ डडेल्धुरा सभापति शिव सोव, परशुराम नगर कार्य समितिका पदाधिकारी , वडा न ९ का सभापति गोपाल बोहरा,१२ का सभापति लक्षे बहादुर थापाको समेत उपस्थिति रहेको थियो ।

 

You might also like