डडेल्धुरा-डडेल्धुरा बहुमुही क्यामपस डडेल्धुरा मा विद्यार्थि नेता एबं समाजसेवीमदन बहादुर बोहरा (एम.बी.)अक्षय कोष स्थापना गरेका छन्।

बोहराले क्याम्पस प्रमुख लालबहादुर बुढालाई नगद रु. १०,०५५/- रुपैयाँ हस्तान्तरण गर्दै औपचारिक रूपमा कोषको स्थापना गरेका हुन्।
अक्षय कोषको यो थालनीलाई ऐतिहासिक कदमको संज्ञा दिँदै क्याम्पस प्रमुख लाल बहादुर बुढाले “बोहराजीको यो योगदानले डडेल्धुरा क्याम्पसका विद्यार्थीहरू र सम्पूर्ण शैक्षिक परिवारका लागि प्रेरणाको स्रोत बन्नेछ। यसले अन्य सामाजिक अगुवाहरूलाई पनि शिक्षाको क्षेत्रमा योगदान गर्न प्रेरित गर्नेछ।” भन्नु भयो।
२०८१ चैत्र ५ गते सम्पन्न स्वीयू निर्वाचनमा झिनो मतान्तरले पराजित भएपनि शिक्षा र सामाजिक सेवाप्रतिको उनको निरन्तर प्रतिबद्धता यस अक्षय कोषमार्फत पुनः प्रमाणित भएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सो रकम अक्षय कोषमा राखिने छ क्याम्पस प्रमुख बुढाले भने ।
यस अक्षय कोषले भविष्यमा धेरै विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउने र डडेल्धुरालाई शैक्षिक हबका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
