अमरगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

डडेल्धुरा-डडेल्धुराको अमरगढी नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ आज सम्पन्न गरेको छ।

बिहीबार अमरगढी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्यय सहितको सार्वजनिक सुनुवाइ गरेको हो।

अमरगढी नगरपालिकामा २०८१/०८२ मा ५५ करोड १६ लाख बराबरको खर्च भएको अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत उपाध्यायका अनुसार विनियोजित बजेटमा खर्च भएको बजेटको प्रगति प्रतिशत ९६ प्रतिशत रहेको छ।

नगरपालिकाको पुँजीगततर्फ ९६ प्रतिशत प्रतिशत खर्च र चालुतर्फ ८२ प्रतिशत खर्च भएको नगरपालिकाको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै, नगरपालिकाले एक करोड ५१ लाख राजश्व संकलन गरेको छ ।

You might also like