कैलाली-कैलालीको टिकापुर नगरपालिका वडा नं. १ चौराहास्थित सडकमा सु.प.प्र.०१-००१ ख ३५८३ नम्बरको
बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका ६ नारायणपुर बस्ने ४५ वर्षीय अटुवारी चौधरीको मंगलबार बिहान मृत्यु भएको छ ।
प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो ।
साथै उक्त बसले सु.प.प्र ०१-०१२ प १८६९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा घाइते भएका अर्का घाईते मोटरसाइकल चालकको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएकोछ ।
