चितुवाको छाला सहित दार्चुला बाट एक जना पक्राउ

डडेल्धुरा-बैतडीका एक जना व्यक्ति चितुवाको छाला सहित दार्चुलाबाट प्रकाउ परेका छन् । बैतडी जिल्लाको पुर्चौडी नगरपालिका ७ का भानसिंह ऐर चितुवाको छाला सहित दाचृुला बाट पक्राउ परेका हुन् ।

दार्चुला प्रहरीले शैल्यशिखर नगरपालिका ३ कर्कलेबाट मंगलबार दिउँसो उनलाई चितुवाको छाला सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता छत्रहादुर रावतले जानकारी दिए ।

विशेष सूचनाको आधारमा ऐरलाई अबैध छाला सहित पक्राउ गरिएको उनले बताए । पक्राउ परेका ऐरमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

You might also like