बैतडी-बैतडीका मुख्य बजारहरूमा डेङ्गी नियन्त्रण अभियान तिव्र गतीमा चलिरहेकोछ। स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा जिल्लाको पाटन बजारमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै अभियानलाई निरन्तरता दिइएको छ ।
डेङ्गी रोगको नियन्त्रण तथा रोकथाम सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरे पश्चात जिल्लाका मुख्य बजारहरुमा लार्भा नष्ट अभियान थालिएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन जय सिंह बडालले बताउनुभयो ।
बैतडीमा चालु आर्थिक वर्षको सुरुमा दुई जनामा डेङ्गी पुष्टि भएको छ। गतवर्ष बैतडीमा १३१ जनामा डेङ्गी सक्रमण देखिएको थियो
बैतडीको जिल्ला सदरमुकाम गढीबाट सुरु भएको अभियान भाद्र महिनासम्म जारी रहनेछ। यस क्रममा स्वास्थ्य कार्यालय बैतडीको तर्फबाट विभिन्न जनचेतनामूलक अभियानका साथै जोखिमयुक्त स्थानमा विशेष सरसफाई तथा अन्य गतिविधिहरु सञ्चालन गरिने कार्यालय बैतडीका जयसिंह बडालले बताउनुभयो।