अलपत्र औधोगिक ग्रामको नवनिर्मित भवन

डडेल्धुरा-डडेल्धुराको जिल्ला सदरमुकाम नजिकै अढाई करोडभन्दा बढी खर्च गरी निर्माण गरिएको भवन अलपत्र अवस्थामा छ ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–१ को ढुनढुनेमा निर्माण गरेको औधोगिक ग्राम पूर्वाधार अन्तर्गतको भवन अलपत्र परेको हो । नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको आर्थीक सहयोगमा भवन निर्माण गरिएको थियो ।

२०७८ कात्तिक महिनामा ठेक्का सम्झौता भई २०८० सालमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्ने पनि भवन निर्माण भएको दुई वर्ष बिति सक्दासम्म भवनको सदुपयोग हुन सकेको छैन ।

सुदूरपश्चिम प्रद्येशका सात पहाडी जिल्ला जोड्ने एक मात्रै राजगर्मा कैलाली–डडेल्धुरा भिमदत्त राजमार्गसँगै जोडिएको भवन प्रयोगमा ल्याउन नसक्दा भवन परिसरमा झाडी पलाएको छ । राजमार्गबाट भवनसम्म जाने करिब दुई सय मिटको कच्चि सडकबाटो वर्षातले भत्किसकेको छ । भवनको अगाडि लगाइएको ठुलो पर्खाल समेत भत्कीन थालेको छ ।

भवन निर्माणका लागि उद्योग तथा आपूर्ती मन्त्रालयले बजेट कम दिएका कारण भवनमा उद्योग स्थापना गर्न समस्या भएको अमरगढी नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले बताए ।

तर मन्त्रालयले दिने रकम मध्ये अधिकांश रकम उपलब्ध गराई खर्च भइसकेको छ । उनका अनुसार करिब तीन करोड रुपियाँ मन्त्रालयले दिनुपर्ने थियो । दुई वर्ष अघि नै दुई करोड ६३ लाख रकम मन्त्रालयबाट प्राप्त भइसकेको छ । निर्माण गरिएको भवनमा औधोगिक ग्राम स्थापनाका लागि पूर्ण रुपमा भवन निर्माण नभई सकेको प्रमुख प्रशासकिय अधिकृत उपाध्याय ले बताए ।
एक स्थानीय तह, एक औद्योगिक ग्राम स्थापना गरि स्थानीय स्तरमा स्थानीयलाई रोजगारीको सिर्जना गर्ने सरकारको लक्ष्य अनुसार अमरगढी नगरपालिकामा भवन निर्माण गरिएको थियो । ग्राममा स्थापना हुने उद्योगबाट रोजगारीका अवसर सिर्जना गरी अर्थतन्त्रमा योगदान पु¥याउने लक्ष्य लिइएको भए पनि लक्ष्य अनुसार कामले गति लिन सकेको छैन ।

साना उद्योगलाई एकीकृत गरी व्यवस्थित गर्दै उत्पादन र उत्पादकत्व अभिवृद्धि गरिने बताइए पनि पर्याप्त बजेट नहुदा औद्योगिक ग्राम स्थापनाको काम अनिश्चित बनेको छ ।

 

You might also like