डडेलधुरा-डडेलधुरामा स्थानीय तहहरूको असल अभ्यास तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति डडेलधुराको आयोजनामा सम्पन्न कार्यक्रममा डडेलधुरा जिल्लाका सातवटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी रहेका थिए।
जिल्ला समन्वय समिति डडेलधुराका समन्वय अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समितिका प्रमुख सिंह भण्डारी रहनु भएको थियो ।
