कक्षा १२ को पुनर्योगः साउन २९ गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलमा चित्त नबुझेका विद्यार्थीहरूका लागि पुनर्योगको लागि साउन २९ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज एक सूचना जारी गर्दै पुनर्योग गर्न चाहनेले अनलाइनमार्फत निवेदन दिन आग्रह गरेको छ ।
गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालित कक्षा १२ को नियमित तथा आंशिक परीक्षाको नतिजा साउन हिजो १९ गते साँझ प्रकाशित भएको थियो।

You might also like