बाघको आक्रमणमा परी एक जना घाइते

अछाम -अछाममा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको ढकारी गाउँपालिका– ४ घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–१ बस्ने ४९ वर्षीय धर्म सिंह थापा शनिबार दिउँसो बाघको आक्रमणमा परि गम्भीर घाइते भएका हुन् ।

थापा ससुराली दाउन्मोराबाट आफ्नो घर भिरमुड फर्किँदै गर्दा बसन्त सामुदायिक वन अन्तर्गतको बुकखोला डाँडामा दिउँसो करिब ३ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । आक्रमणका क्रममा थापाको दुवै गाला, टाउको र बायाँ हातको पाखुरामा गहिरो चोट लागेको बताइएको छ ।

घाइते थापालाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन पुर्‍याइएको थियो । थापालाई बाघले एक्कासी आक्रमणमा परे पछि सो क्षेत्रमा स्थानीय बासी त्रसित बनेका छन् ।

You might also like