परशुराम क्षेत्र विकास समितिमाथि अन्याय नगर्न विपी काँग्रेसको चेतावनी (भिडियोसहित)

अदालतको परमादेश लत्याउएको आरोप

जोगबुडा–डडेल्धुराको भित्रिमधेस क्षेत्रस्थित परशुराम नगरपालिकाले उच्च अदालत महेन्द्रनगरद्वारा जारी परमादेश लत्याउँदै विधिसम्मत रुपमा दर्ता भएर झण्डै साढे तीन दशकदेखि क्रियासिल परशुराम क्षेत्र विकास समितिमाथि अन्याय गरिरहेको दाबीगर्दै नेपाली कांग्रेस (विपी) का नेता कर्णबहादुर मल्लले अन्यायपुर्ण कृयाकलाप अविलम्व रोक्न चेतावनी दिएका छन ।


राजनीतिक भेटघाटका क्रममा भित्रिमधेस क्षेत्र पुगेका सुदूरपश्चिम प्रदेशसभाका पुर्व सदस्य मल्लले अदालतको परमादेशलाई अटेरी गरेर संघीय सरकारको संस्था दर्ता ऐन २०३४ अनुसार क्रियासिल संस्थालाई विघटन गर्ने, संस्थाको कार्यालय कब्जा गर्ने र संस्थाका गतिविधीहरुमाथि रोक लगाउने जस्ता गैर कानूनी कृयाकलाप अविलम्व रोक्न परशुराम नगरपालिकालाई चेतावनी दिएका हुन ।

कानूनी राज्यमा विधि र कानून उलङ्घन गरेर मनपरितन्त्र लाद्ने छुट कसैलाई नभएको जिकिरगर्दै उनले क्षेत्राधिकार मिचेर स्थानीय कानून जारी गरेको वाहनामा राजनीतिक प्रतिसोध साँधेर स्वायक्त संस्थामाथि बलमिच्याई भइरहेमा अन्याय सहेर बस्न नसकिने बताएका छन ।


परशुराम नगरपालिकाले स्थानीय कानून ल्याएर संघीय सरकारमा सुचिकृत धार्मिक संरचना परशुरामधाममा मनोमानी गरिरहेको स्थानीय गुनासो गर्छन । नगरपालिकाले गत माघमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई पत्राचार गरेर परशुराम क्षेत्र विकास समिति विघटन गर्न दबाब दिएको थियो ।

कानूनअनुसार नविकरण भइसकेको संस्थाको खाता रोक्का गरेर कुनै पनि गतिविधी नगर्न तत्कालिन प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले निर्देशन दिएपछि परशुराम क्षेत्र विकास समितिले उच्च अदालत महेन्द्रनगरमा रिट दायर गरेको थियो ।

उच्च अदालत महेन्द्रनगरले संस्था गठन गर्ने मौलिक हकको रक्षागर्दै विधिवत रुपमा दर्ता भएको संस्थाको खाता रोक्का गर्ने र गतिविधीमा रोक लगाउन नमिल्ने भन्दै परशुराम नगरपालिका र जिल्ला प्रशासन कार्यालय डडेल्धुराका नाममा परमादेश जारी गरेको हो । परमादेश जारी भईसक्दा पनि परशुराम नगरपालिकाले संस्थाको कार्यालय कब्जामा लिएर कुनै गतिविधी सञ्चालन गर्न नदिएको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष गणेशप्रसाद जोशी बताउछन ।

विपी कांग्रेसको राजनीतिमा क्रियासिल जोशीले परशुराम क्षेत्र विकास समितिको अध्यक्षमा निर्वाचित भएपछि परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले राजनीतिक प्रतिसोध बोकेर संस्थामाथी हस्तक्षेप गरेको विपी कांग्रेस परशुराम नगर सभापति राजबहादुर भण्डारीले बताए ।

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोला ।

You might also like