कञ्चनपुर-कञ्चनपुुरको एक छाउगोठमा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी हुन।

कञ्चनपुरको कृष्णपुुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा सुतेका बेला उनलाई उनको मृत्यू भएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि सेती प्रादेशिक अस्पताल पुर्याइएकोमा कमलाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।
डीएसपी बोहराका अनुसार सुतिरहेकी कमलालाई सर्पले बाँया गालामा डसेको भनिएको छ । शनिबार साँझ ८ बजे उनको मृत्यु भएको डीएसपी बोहराले बताए । उनलाई छाउगोठमा सुतेका बेला सर्पले डसेको विषयमा भने आधिकारिक जानकारी नभएको बोहराले बताए।