मनिषा कोइरालाले गरिन् रवि लामिछानेको पक्षमा हस्ताक्षर

काठमाडौँ– अभिनेत्री मनिषा कोइरालाले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एबं पूर्व उप प्रधान तथा गृहमन्त्री रवि लामिछानेका पक्षमा हस्ताक्षर गरेकी छन्।

रास्वपाले लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भन्दै यसकाविरुद्धमा हस्ताक्षर अभियान सुरु गरेको थियो। जसमा नेतादेखि कलाकारसम्मले एक्यवद्धता जनाउँदै हस्ताक्षर गरिरहेका छन्।

अभिनेत्री कोइराला पनि बिहीबार रास्वपा कार्यालय वनस्थलीमा पुगेर हस्ताक्षर गरेकी थिइन्। रविका पक्षमा हस्ताक्षर गर्दै उनले आफू कुनै पार्टीमा नरहेको र आम नागरिकाका हैसियताले हस्ताक्षर गरेको बताइन्।

You might also like