बैतडीमा मिनी ट्रकले किच्दा वृद्धको मृत्यु

बैतडी– बैतडीको सुर्नया गाउँपालिका–५ का ८१ वर्षीय वयोवृद्ध महाबीर विष्टको मिनी ट्रकले किच्दा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले शुक्रबार बेलुकी सवा ९ बजेको समयमा धनगढीबाट बिष्टपाली गइरहेको सु.प. प्र.०१००१ क १८१३ नम्बरको मिनि ट्रक ‘ब्याक’ गर्ने क्रममा सडक छेउमा हिँडिरहेका बिष्टलाई किचेको बताए। उपचारका लागि धनगढी लैजाने क्रममा राति नै बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ। ट्रक र चालक सुर्नया–२ का मानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

You might also like