अत्तरिया–कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) को कारखानामा तालाबन्दी गरिएको छ। यसअघि डीडीसीको कार्यालयमा तालाबन्दी गरेका स्थानीयहरुले बुधबार कारखानामा तालाबन्दी गरेका हुन।
डीडीसी धनगढी सार्न लागिएको भन्दै कार्यालयमा तालाबन्दी गरेको एक हप्ता भइसक्दा पनि समन्वय र छलफलका लागि डीडीसीका तर्फबाट चासो नै नदिएको भन्दै कारखानामा पनि तालाबन्दी गरिएको हो। डीडीसी अत्तरियामै राख्नका लागि गठन गरिएको संघर्ष समिती संयोजक लोकराज पान्डेय ‘आगो’ले पहिलो दिन दुई घन्टाका लागि कारखानामा तालाबन्दी गरिएको बताए। उनले माग पूरा नभए बिहिबार बिहान साढे ९ देखि एक घण्टा चक्काजाम गर्ने र कारखानामा पुर्ण रुपमा ताला लगाईने जानकारी दिए।