धनगढी- कैलालिको धनगढीमा विकास पत्रकारिता सम्बन्धी २ दिने अभिमुखिकरण सुरु भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सोमबारदेखि विकास पत्रकारिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चालन भइरहेको विकास पत्रकारिता सम्बन्धी अभिममुखिकरणको सुदुरपस्चिम प्रदेस सरकारका आन्तरिक मामिला तथा कानुुन मन्त्री हिरा बहादुर सार्कीले विधिवत रुपमा उद्घाटन गरेका छन् ।
धनगढीको आस्था होटलमा चलिरहेको तालिममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका पत्रकारहरुको सहभागिता रहेको छ । वरिष्ठ पत्रकार धर्मेन्द्र झा लगायतका विषय विज्ञले सहभागीहरुलाई प्रशिक्षण दिने पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ ।