धनगढीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

धनगढी–कैलालीको धनगढी उपमहानगरपालिका–१४, फुलबारीस्थित ‘एच’ गाउँमा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ।

साइनो चोकनजिक झाँडीमा साल नकाटेको अवस्थामा नवजात शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शिशु रोइरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शिशु कसको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए। शिशुलाई सेती प्रादेशिक अस्पताल ल्याइएको छ।

बालकलाई अस्पतालको एनआइसियूमा राखेर स्याहार भइरहेको र अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए। कसले जन्माएर फालेको हो भन्नेबारे खोजी भइरहेको प्रहरीले जनाएको छ।

You might also like