पर्यावरणीय सन्देश दिदै ज्याम्च्याङ भोटे ९औँ पटक सगरमाथामा

काठमाण्डौ-प्रसिद्ध पर्वतारोही ज्याम्च्याङ भोटे १९ मे २०२५ का दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल भएका छन्। यो उनको नवौं सगरमाथा आरोहण हो ।
पर्वतारोहणका लागी विश्वव्यापी रुपमा चिनिने उनलाई एक सक्षम र अनुभवी गाइडको रूपमा चिनिन्छ।

यस ऐतिहासिक सफलतासँगै उहाँले सि.के.रिसर्च एण्ड ग्रिनरी प्रमोशन प्रा.ली.को तर्फ बाट “ग्रो ग्रिनरी, सेभ द अर्थ” लेखिएको व्यानर सगरमाथाको चुचुरोमा फहराएका थिए । उनले पर्यावरणीय सन्देश समेटिएको झण्डा सगरमाथाको शिखरमा पुर्‍याएर वातावरण संरक्षणको सन्देश विश्वभर फैलाएका छन्।

उहाँको यो कार्यले जलवायु परिवर्तन, वनजंगलको संरक्षण र हरियाली प्रवर्द्धनमा जनचेतना अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास गरिएको छ। “वन पुनःस्थापना र हरियाली प्रवर्द्धन हाम्रो अभियान” भन्ने नारालाई आत्मसात गर्दै उहाँले संसारभरिका आरोही तथा पर्यावरणप्रेमीहरूलाई हरित भविष्य निर्माणतर्फ प्रेरित गर्न सन्देशमूलक झण्डा फहराउनु भएको हो।

नेपाल र विश्व पर्वतारोहण जगतमा ज्याम्च्याङ भोटे एक प्रतिष्ठित नामको रूपमा परिचित छन्। उहाँको यो उपलब्धिले नेपालको गौरव बढाएको छ र वातावरणीय चेतनाको क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेको सि.के. रिशर्च एण्ड ग्रिनरी प्रमोसन प्रा.ली.का कार्यकारी अध्यक्ष छिन्डुम भोटेले बताउनु भयो ।

You might also like