कैलाली प्रहरीद्वारा प्रहरी जवान देउवा पुरस्कृत

धनगढी-कैलालीको गोदावरी नगरपालिकाको सडकमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसुती गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र र रेकर्डमा जनाईने गरि पुरस्कृत गरेको हो।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेका हुन्।
राणाले प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसुती गराउन सुरक्षित रूपमा अस्पताल सम्म पुगाएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको बताए।

देउवाले मंगलबार गोदावरी नगरपालिका १ को बसन्तपुरमा सडकमा छटपटाइरहेको अवस्थामा भेटिएकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसुती हुन सघाएकी थिइन्।

You might also like