
काठमाण्डौ – नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बाप्याक’ सार्वजनिक गरेकोछ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी साम्बाबाट प्रेरित भई साम्बाप्याक सार्वजनिक गरेको कम्पनीले जनाएको छ । यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो र किफायती सेवाका लागि डिजाइन गरिएको हो ।
साम्बा प्याक अन्तर्गत ५० एमविपिएस, १०० एमविपिएस, २०० एमविपिएस, र३०० एमविपिएस इन्टरनेटको प्याकेज उपलब्ध छन्।
कम्पनीका अनुसार विशेषरूपमा १०० एमविपिएस वा सो भन्दा माथिको वार्षिक योजनामा ग्राहकहरूले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन्।
१०० एमविपिएसको मूल्य रु. ८,५०० (करसहित) बाट सुरु हुनेछ।
