डडेल्धुरा—जिल्लाका विभिन्न स्थानहरुमा विविध कार्यक्रम सहित ११५ औँ अन्तराष्ट्रिय नारी दिवस मनाईएको छ ।
सवै महिला तथा वालवालिकाको अधिकार, समानता र सशत्तिकरण भन्ने मुल नाराका साथ डडेल्धुराका ७ वटै पालिका तथा वडा स्तरमा नारी दिवस मनाईएको हो ।

यसै क्रममा डडेल्धुराको नवदुर्गा गाउपालिकाले पालिका भित्र रहेका एकल महिलाहरु लाई प्रोत्साहन स्वरुप सम्मान गर्दै नारी दिवस मनाएको छ ।
नवदुर्गा गाउपालिका परिसरमा सम्पन्न भएको नारी दिवस कार्यक्रम गाँउपालिका स्तरीय महिला संञ्जालका अध्यक्ष तथा कार्यपालिका सदश्य लक्ष्मि साउदको अध्यक्षता तथा गाउपालिका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थिको प्रमुख आथित्यतामा भएको थियो ।
नारी दिवसको अवसर पारी नवदुर्गा गाउँपालिका भित्र रहेका ४० वर्ष मुनीका ५८ जना एकल महिला लाई प्रोत्साहन स्वरुप सम्मान गरिएको थियो ।
कार्यक्रममा शुभकामना मनतव्य राख्दै गाउपालिका उपाध्यक्ष निर्मला बोगटी विष्टले एकल महिला लाई प्रोत्साहन स्वरुप सम्मान मात्र नगरेर आगामी दिनको नीति,कार्यक्रम तथा विभिन्न किसिमको अनुदानमा प्राथमिकता दिईने बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि एबं गाउपालिकाका पूर्व उपाध्यक्ष डम्बरी ओलीले आफ्ना अधिकारका लागी महिलाहरु आफैले अगाडी बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि एबं गाउपालिका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थिले पछिल्लो समय महिलाहरु मा सकारात्मक परिवर्तन आउदै गरेको भए पनि अझै धेरै कुरामा सुधार गर्नुपर्ने आवश्यक रहेको बताउदै स्थानिय सरकार सदैब सकारात्मक रहेको बताउनु भयो ।
कार्यक्रमको अन्तमा महिलाहरुले देउडा नृत्य प्रस्तुत गरेका थिए ।
