डडेल्धुराको शैलेश्वरधाममा चैत्र २० देखि विश्वकल्याण विराट महायज्ञको आयोजना हुने

डडेल्धुरा – डडेल्धुराको शैलेश्वरधाममा विश्वकल्याण विराट महायज्ञको आयोजना गरिने भएको छ ।
आगामी चैत्र २० गते देखि चैत्र ३० गतेसम्म जिल्लाको अमगगढी नगरपालिका वडा नम्बर ८ र नवदुर्गा गाउँपालिकाको संगमस्थलमा बिश्वशान्तिको कामना गर्दै शैलेश्वर महादेवमा महायज्ञ तथा धार्मिक महोत्सव आयोजना गरिन लागेको महायज्ञ मुल आयोजक समितिका संयोजक खडक बहादुर बोहराले बताए ।


महायज्ञमा गौदुग्ध मिश्रित जलद्वारा विश्व शान्तिको कामना गर्दै दैनिक रुद्राभिषेक सहित ५१ जना ब्राह्मण द्वारा एकै स्वरमा दैनिक रुद्रपाठ गरिने,श्रीमद्भागवत पाठपरायण तथा प्रवचन हुने,भजनकृतन,लोप हुन लागेको अछामी नौमुठे गाइको दर्शन लगायत कार्यक्रम आयोजना हुने जनाइएको छ।


पवित्र तिर्थस्थल शैलेश्वर क्षेत्रको धार्मिक साँस्कृतिक एवं पर्यटकिय महत्वको प्रचारप्रसार गर्न,भुमिराज मसानी देवताको मन्दिर निर्माण गर्न,वैदिक सनातन धर्मको प्रचारप्रसार गर्न,आध्यात्मिक चेतनाको विकास गर्न महायज्ञको आयोजना गरिनलागेको आयोजकले जनाएको छ।
कार्यक्रम व्यवस्थापनका लागि १२८ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । मूल आयोजक समितिका अध्यक्ष तथा अमरगढी–७ का वडाध्यक्ष खडक बहादुर बोहराका अनुसार महायज्ञमा १ हजार ८ कलश राखिने छन ।

धार्मिक तथा आध्यात्मिक महत्त्व बोकेको यस विराट महायज्ञले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास गरिएको छ ।
अर्थ संकलन समितिका संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष नर बहादुर साँकीका अनुसार महायज्ञमा १ करोड बराबर आर्थिक संकलन गर्ने लक्ष्य रहेको र जस अन्तरगत ६० देखि ७० लाख जति खर्च हुने अनुमान गरिएको बताए ।

You might also like