डडेल्धुरा बहुमुखी क्याम्पसमा पाँच सगंठन र समूह दर्ता

डडेल्धुरा–त्रिुभवन विश्वविद्यालयका आगिंक तथा सम्वन्धन प्राप्त क्याम्पसहरुमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका लागि डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरामा पाँच वटा संघ संगठन र समुह दर्ता भएका छन ।

सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्ववियू निर्वाचनका लागि संघ संगठन र समूह दर्ता गर्ने समय निर्धारण गरिएको थियो । सो समयमा क्याम्पसका विभिन्न पाँच विद्यार्थी संगठन र समूह
दर्ता भएको निर्वाचन अधिकृत नरेन्द्रराज भट्टले जानकारी दिए ।
काँगे्रस निकट नेविसंघ, वीपी काँगेस्र नेविसंघ (वीपी), एमाले निकट अनेरास्ववियू, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र स्वतन्त्र समूह दर्ता गरेका छन । निर्वाचन समितिले कार्यतालिका अनुसार सोमबार संघ संगठन दर्ता गरेको र अन्य तालिकाका विषयमा मंगलबार संघ संगठनबिच बैठकमा छलफल गरिने जनाएको छ ।

You might also like