
डडेल्धुरा-जिल्लाको अजयमेरु गाउपालिकाले आफ्नो अर्धवार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
आज गाउपालिकाको सभाहलमा गाउपालिका अध्यक्ष उमेश प्रसाद भट्ट “बिकास”को अध्यक्षतामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
आर्थिक बर्षको मध्य सम्म सम्पन्न भएको योजना तथा कार्यक्रम को बारेमा सर्वसाधारण लाई जानकारी दिने र आर्थिक वर्षको बाकी अबधीमा योजना तथा कार्यक्रम सञ्चालनका लागि सुझाब सँकलन गर्ने उदेश्य रहेको गाउपालिकाले जनाएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत जितेन्द्र प्रसाद ओझाले संक्षिप्त प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा संक्षिप्त प्रगती प्रस्तुती गर्दै पालिकामा यो आर्थिक वर्षमा १०१ योजना मध्ये ८० योजना सम्झौता भै कार्यान्वयन भैरहेको र धेरै योजना निर्माण सम्पन्न भएकाले आइतबार बाट भुक्तानि सुरु गरिने बताउनु भयो ।
यो आर्थिक वर्षमा जम्मा ३४ लाख राजस्व उठ्ने अनुमान गरिएकोमा पुस मसान्त सम्म २४ लाख संकलन भएको तथा बसाइ सराई गरि आउने भन्दा बसाई सराई गरि जानेको सन्ख्या बढेको प्रमुख प्रशासकिय अधिकृत ओझाले बताउनु भएको थियो।
लेखापरीक्षण को प्रारम्भिक प्रतिबेदन अनुसार गत आर्थिक बर्ष कुल बजेटको ०.७ प्रतिसत मात्र बेरुजु आएको र १ प्रतिसत भन्दा कम बेरुजु आउनु लाई सकारात्मक नै मानिने र गाउपालिकाले हरेक ३ महिना मा गाउपालिकाको प्रतिबेदन पालिकाको वेबसाइट मा राखिने गरेको प्रमुख प्रशासकिय अधिकृत ओझाले बताउनु भयो ।
उक्त कार्यक्रम लाई नेपाल पत्रकार महासघ डडेल्धुरा शाखाका उपाध्यक्ष ललित बोहराले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा सेवाग्राहीहरुले जिज्ञासा तथा सुझावहरु राख्नुभएको थियो भने गाउपालिकाको तर्फ बाट गाउपालिका अध्यक्ष तथा उपाध्यक्ष लगायत विषयगत शाखाका कर्मचारीहरुले जवाफ दिनु भएको थियो ।
कार्यक्रममा प्रत्यक्ष तथा सामाजिक संञ्जालको माध्यम बाट जिज्ञासा तथा शुझावहरु संकलन गरिएको थियो ।
