पाँच वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्दै नवदुर्गा गाउँपालिका

डडेल्धुरा– शिक्षा र स्वास्थ्य सेवाको पहुँच बढाउन क्रियासिल डडेल्धुराको नवदुर्गा गाउँपालिकाले पाँच वटै वडामा एकीकृत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।
नवदुर्गा गाउँपालिकाको वडा नम्बर ५ बाट सुरू भएको एकीकृत निःशुल्क स्वास्थ्य शिविर एक नम्बर वडामा पुगेको छ । गाउँपालिकाका पाँचवटै वडामा एकीकृत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने पालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बताए । अध्यक्ष अवस्थीका अनुसार शिविर एक वडामा दुईदिनसम्म चल्नेछ ।

शिविरमा वडा नम्बर एकमा मंगलबार र बुधबार गरेर कुल सात सय ३५ जनाले सेवा लिएका छन । शिविरमा दन्त उपचार, आँखा उपचार, भिडियो एक्सरे, प्रजनन रुग्णता सम्बन्धि सेवा, ल्याब सेवा र नसर्ने रोगको स्क्रिनिङ लगाएतका सेवा रहेका छन ।
एकीकृत निःशुल्क स्वास्थ्य शिविरमा सहभागी स्थानीयले वडास्तरमा शिविर सञ्चालन गरेर सर्वसधारणको स्वास्थ्य चेकजाँच र उपचार सेवा प्रभावकारी रुपमा उपलब्ध गराएको बताउँदै विपन्न समुदायले स्वास्थ्य शिवरबाट निकै लाभप्राप्त गरेको जिकिर गरे ।

You might also like