विपी कांग्रेसले डडेल्धुरा सदरमुकाममा नेता कार्यकर्ता भेटघाट कार्यक्रम गर्ने

डडेल्धुरा–नेपाली कांग्रेस (विपी) डडेल्धुरा जिल्ला कार्यसमितिले डडेल्धुरा सदरमुकामस्थित ‘किसुनजी भवन’ मा जिल्लास्तरीय नेता कार्यकर्ता भेटघाट कार्यक्रम आयोनजना गर्ने भएको छ ।
शुक्रबार बिहान ११ बजे डडेल्धुरा जिल्लाभरिका नेता कार्यकर्ताहरुलाई आमन्त्रण गरेर भेटघाट कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस विपी) डडेल्धुराका सभापति भरत नेपालीले जानकारी दिए । उनले भेटघाट कार्यक्रमलाई विपी कांग्रेसका नेताहरु कर्णबहादुर मल्ल, हरिप्रसाद भट्ट, करुणाकर भट्ट लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बताउँदै जिल्लाभरिका नेता कार्यकर्तासहित पार्टीका शुभेच्छुकहरुको सहभागिताका लागि आग्रह गरेका छन ।
कार्यकर्ता भेटघाट कार्यक्रमलगत्तै जिल्लाभरमा संगठन विस्तार तथा सुदृढिकरण कार्यक्रम सञ्चालन गरिने विपी कांग्रेस डडेल्धुराका सभापति नेपालीले बताए । उनले ठुला राजनीतिक दलहरुको स्वइच्छाचारिता बढ्दै गएकाले मुलुकमा लोकतन्त्र संकटमा पर्न थालेको बताउँदै उनले दलहरुको मनोमानीविरुद्ध आमनागरिकहरु एकतावद्ध भएर विद्यमान संकट समाधानका लागि पहल गर्न आवश्यक रहेको औंल्याए ।

You might also like