मणिलेक मन्दिरको देवघर निर्माणका लागि आर्थिक सहयोग अभियान

डडेल्धुरा-डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ रूवाखोला मतकट्टे गाउँमा पर्ने मणिलेक बाबाको इतिहासिक देवघर निमार्ण हुने भएको छ । जसका लागि देश-विदेशबाट आर्थिक सहयोग संकलन अभियान थालिएको स्थानीय शिव बहादुर महताले बताए ।

परापूर्व कालमा बझाङको बुङलबाट रुवाखोला तिखातर गाउँका देउबा रजबारका साथमा आएको मणिलेक बाबाको इतिहास रहेको आर्थिक सहयोगका लागि सहजिकरण गरीरहेका स्थानीय भवानी सिह महताले बताए । देवघर सुरुवाती अवस्थामा दुइ तले निमार्ण गरिने उनले बताए ।

त्यस समयमा नुन किन्न बुङल जाने गरिन्थ्यो, नुन किन्न गएका देउवाहरुको डोकोमा पसेर आएको भनाई रहेको छ । रुवाखोला पुगिसकेपछि कसले मेरो डोकोमा ढुङ्गा हालेछ भनि सो ढुङ्गा खोलामा फालि दिए छन् । उक्त ढुङ्गाबाट रगत बगेको भैंसी चराउन गएको गोठे भुलले देखेपछि आफ्नै साथमा लगि पुज्ने गरेछन् ।

गोठमा आफूबस्ने र पाणमा देवता राख्ने गरेकाले उनको नाम गोठे भुल राखिएको स्थानिय हिक्मत बहादुर देउबाले भनाई छ ।

पछि बसाई सरी गोठे भूल मतकट्टे गाउँमा बसे । मणिलेक देवतालाई वर्षा र सहकालका देवताको रुपमा स्थानीयले पुज्दै आएका छन् ।

उक्त देवघर परम्परागत शैलीकै अर्थात् गोठ ९पाण भएकै हुनुपर्ने भन्ने स्थानीय देवबाणी हुने गरेकाले यही २०८१ साल मंसिर २० गते बसेको स्थानीय समुदायको भेलाले देउपुछाइँ गरी परम्परागत शैलीकै देवघर बनाउने निर्णय गरिएको जनाएको छ ।

अहिले १५ सदस्यीय देवघर निर्माण समिति गठन गरि कार्य प्रारम्भ गरेका अध्यक्ष जित बहादुर देउबाले बताए । नेपालमा आर्थिक सहयोग सङ्कलनका लागि शिव बहादुर महता र भवानी सिह महताले सहजिकरण गरेका छन् । भने भारतमा मान बहादुर देउवाले सहजिकरण गरेका छ । स्थानियले श्रमदान गर्ने गरेका छन् ।

You might also like