गन्यापधुरामा कर्मचारी युनियनको अधिवेशन सम्पन्न

डडेल्धुरा-नेपाल निजामती कर्मचारी युनियन गन्यापधुराको गाउँपालिका स्तरीय प्रथम अधिवेशन आज सम्पन्न भएको छ ।
आज सम्पन्न भएको अधिवेशनले चन्द्र सिंह शाहुको अध्यक्षतामा तेह्र सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।
गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यता र शिव बहादुर महताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन डडेल्धुराका अध्यक्ष रणेन्द्र सिंह, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय प्रतिनिधि दिल बहादुर ऐर लगायत विभिन्न व्यक्तित्व हरुको उपस्थिति रहेको थियो ।

You might also like