गन्यापधुराको प्राथमिक अस्पताल भवन निर्माणको अन्तिम चरणमा

डडेल्धुरा-जिल्लाको गन्यापधुरा गाउपालिका वडा नं.२ मा निर्माण सुरु गरिएको १० शैयाको प्राथमिक अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेका छ, ।
२०७९ पुस ७ गते रुद्रावती-कालिका-एसके जेभी निर्माण कम्पनीले अस्पताल भवनको निर्माणको लागी गन्यापधुरा गाँउपालिका संग सम्झौता गरेको थियो । सम्झौता बमोजिम २०८२ असार ३० गते सम्म भवन निर्माण सम्पन्न गर्नुपर्नेछ ।
जम्मा १४ करोड ७ लाख ६५ हजार ५ सय ५३ रुपैया लागत अनुमान गरिएको उक्त अस्पताल भवनको ठेक्का निर्माण कम्पनीले १२ करोड १० लाख ५९ हजार ८ सय १ रुपैया २४ पैसामा कबोल गरेकोहो ।


गन्यापधुरा गाँउपालिकामा यो अस्पताल निर्माण भई संञ्चालनमा आएमा यस क्षेत्रका विरामीहरु लाई निकै राहत हुने गन्उापधुरा गाँउपालिकाका अध्यक्ष ईन्द्र बहादुर कार्की बताउनुहुन्छ ।
स्वास्थ्य मन्त्रालय बाट बजेट निकासा नभए पछि करिव १८ महिना निर्माणकार्य केही प्रभावित भए पनि हाल काम सुचारु गरिएको र सम्झौता अनुसार २०८२ असार मसान्त भित्र निर्माण सम्पन्न गरि गन्यापधुरा गाउँपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीका प्रमुख सन्तोष कुमार खड्काले बताउनु भयो ।
डडेल्धुराका पालिकाहरुमा निर्माण हुन लागेको अस्पतालहरु मध्ये सबै भन्दा ढिला सम्झौता भएको गन्यापधुरा गाउपालिकाको १० शैयाको प्राथमिक अस्पताल भवनको निर्माण प्रगती हेर्ने हो भने अरु पालिकाको अस्पताल भवन भन्दा निकै द्रुत गतिमा काम सम्पन्न भईरहेको छ ।

You might also like