डडेल्धुरा-डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं.४ को भवनको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । आईतबार गाउँपालिका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले एक औपचारिक कार्यक्रमका बिच वडा कार्यालय भवनको उद्घाटन गरेको हुन् ।
बैँठक कक्षसहित ४ कोठे भवन एक बर्षमै निमार्ण गरेर उद्घाटनसंगै कामकाज समेत सुरु भएको वडा अध्यक्ष पदम बहादुर बिष्टले बताए । भाडाको घरमा बसेर सेवा ग्राहीलाई सेवा दिन कठिनाई भइरहेको थियो । भवन निमार्ण भएपछि सेवा प्रवाहमा सहज हुने अध्यक्ष बिष्टको भनाई छ । उद्घाट्न समारोहमा प्रमुख अतिथी अवस्थीबाट जग्गा दातालाई सम्मान गरिएको जनाएको छ ।
उद्घाटन समारोहमा अन्य वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायतको सभागीता थियो ।