कैलालीको गोदावरीमा आमा-छोरी झुन्डिएको अवस्थामा भेटिए

कैलालीको गोदावरी नगरपालिका वडा नं. ११ गोठानमा आमा र छोरी झुन्डिएको अवस्थामा भेटिएका छन्। २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी कामी सुत्ने कोठामा झुन्डिएको अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताएअनुसार उनीहरू नाइलनको डोरीले झुन्डिएको अवस्थामा बिहीबार (आज) बिहान भेटिएका हुन्।

मृतक मिराका सहोदर देबर नरेश विकले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् भने घटनाका बेला उनकी सासु आमा पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ।

मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए।

 

You might also like