आलिताल गाउँपालिकाद्वारा प्रहरी चौकी भवन हस्तान्तरण

डडेल्धुरा -आलिताल गाउँपालिकाले प्रहरी चौकी भवन हस्तान्तरण गरेको छ।

आज बिहीबार पालिका अध्यक्ष शेरसिंह पार्कीले सुदूरपश्चिमका प्रहरी महानिरीक्षक डीआईजी गणेश चन्दलाई प्रहरी चौकी भवन हस्तान्तरण गरेका हुन्।

प्रहरी चौकी आलिताल गाउँपालिका ५ भीमदत्त पुरमा रहेको छ। पालिका अध्यक्ष पार्कीकाअनुसार करिब ७६ लाख रुपैयाँ बराबरमा चौकीको दुई तले भवन बनेको हो।

डीआईजी चन्दले प्रहरी शान्ति सुरक्षा र समाजको सहयोगमा खटिरहने भएकोले प्रहरीको गतिविधिबारे गुनासो भए आफूलाई फोन गर्न आग्रह गरे।

उनले भने, “प्रहरीलाई समुदायको सहयोग आवश्यक हुन्छ त्यसका लागि नागरिक तवरबाट पनि सहयोग र समन्वय नितान्त छ।”

दरबन्दी अनुसारका प्रहरी खटाउने तर्फ सक्दो प्रयास गर्ने उनले बताए। अध्यक्ष पार्कीले प्रहरीले हरेक अभियानमा सहयोग र समन्वय गरेको भन्दै प्रशंसा गरे।

 

 

You might also like