सुन्तला बगैँचा व्यवस्थापन गर्न कृषकहरुलाई स्थलगत तालिम

डडेल्धुरा –डडेल्धुरामा सुन्तला उत्पादनका लागि अग्रणी मानिने चुल्ल र सिराड गाउमाँ सुन्तला जात बगचंौ व्यवस्थापन गर्न कृषकलाई स्थलगत रुपमा तालिम दिइएको छ ।
शनिबार कृषि ज्ञान केन्द्र डडेल्धुराले जिल्लाको भागेश्वर गाउँपालिका–५ चुल्ल र सिराड गाउँका कृषकलाई सुन्तला बगैंचामा पुगेर तालिम दिएको हो ।
सो क्षेत्र सुन्तला र जुनारको पकेट क्षेत्रका रूपमा चिनिन्छ । यसबर्षको सुन्तला टिपेर सकिएलगत्तै ज्ञान केन्द्रले तालिम दिएको सुन्तला बगचंौ व्यवस्थापन गर्न कृषकहरुलाई स्थलगत तालिम हो ।
उत्पादन थप बढाउने लक्ष्यका साथ कृषकलाई बगैंचा व्यवस्थापन तालिम दिएको ज्ञान केन्द्रले जनाएको छ । प्राविधिक सहितको टोलीले कृषकलाई सुन्तला जातको बगैंचा व्यवस्थापन गर्ने तरिका सिकाएको कृषि ज्ञान केन्द्र डडेल्धुराका बागबानी अधिकृत रामसिंह बोहराले जानकारी दिए ।
बोट काँटछाँट गर्ने, चोर हाँगा, बाक्लो हाँगा, रोगी हाँगा र भित्रपट्टि फर्केको हाँगा हटाउने काटेको ठाउँमा विषादी लगाउने र मल राख्ने विधि कृषकलाई सिकाइएको बोहराले बताए ।

You might also like