अवैध लागु औषध सहित कैलालीमा युवक पक्राउ

कैलाली-गोदावरी नगरपालिका-८ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय सुरेन्द्र कटुवाल, सोही नगरपालिका-९ बस्ने १९ वर्षीय पुरन बिक र सोही नगरपालिका ८ बस्ने २२ वर्षीय करन गुरुंग रहेका छन् ।
इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले सुरेन्द्रको कोठाबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

You might also like