कैलालीमा रुखबाट खसेकी महिलाको निसर्गमा मृत्यु

धनगढी-कैलालीमा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका-१ की ५७ वर्षीया जोगादेवी साउदको रुखबाट खसेर मृत्यु भएको हो।

सोमबार बेलुका घर नजिकैको मोहन्याल सामुदायिक वनमा घाँस काट्न गएकी उनी रुखबाट खसेर गम्भीर घाइते भएकी थिइन्। सुखडमा सामान्य उपचारपछि निसर्ग अस्पताल धनगढी ल्याइएकी उनको हिजो राति नै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

You might also like