कैलाली-कैलालीमा छाउगोठमा सुतिरहेको अवस्थामा महिलामाथि बाघले आक्रमण गरेको छ।
जिल्लाको मोहन्याल गाउँपालिका ७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई गएराति बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण गरेको बताए।
अहिले उनको स्वास्थ अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
