प्रेस चौतारी नेपाल डडेल्धुराको अधिवेशन सम्पन्नः अध्यक्षमा लक्ष्मी ऐर

डडेल्धुरा-प्रेस चौतारी नेपाल डडेल्धुराको अध्यक्षमा लक्ष्मी ऐर चयन हुनु भएको छ । बुधवार जिल्ला सदरमुकाममा सम्पन्न पाँचौं जिल्ला अधिवेशनले ऐरको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा मदनराज भट्ट र भावना पौडेल, सचिवमा ममता भट्ट, सह–सचिव बिर बहादुर भण्डारी, भोज ताम्राकार र कोषाध्यक्षमा भुवन भण्डारी सर्वसम्मत चयन हुनु भएको हो । सदस्यहरूमा डवल बहादुर ठगुन्ना , सुरेन्द्र धामी, सावित्री भट्ट, रितु ठगुन्ना, राधिका कुमारी शाही र मञ्जु कुमारी बोहरा चयन भएका छन ।

यस्तै केन्द्रिय परिषद सदस्यमा राजेन्द्र ठगुन्ना, गणेश रोक्का र पार्वती कुमारी धामी चयन भएका छन भने प्रदेश परिषद सदस्यमा लोकेन्द्र बहादुर ओझा, बहादुर सिंह साउद र गरिमा बोहरा चयन भएका छन ।

You might also like